कोरोना महामारी

कोरोना संक्रमणदर ९.५ प्रतिशत पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा गरिएको कोरोना परीक्षणमध्ये संक्रमणदर ९.५ प्रतिशत रहेको छ । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता मिश्रले संक्रमणदर बढ्दै गइसकेको भन्दै आवश्यकता स्वास्थ्य सतर्कता अपनाउन आह्वान गरिन् ।

उनका अनुसार काठमाडौं उपत्यका भित्रमात्रै पछिल्लो २४ घण्टामा ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार भक्तपुरमा २५, ललितपुरमा ९९ काठमाडौंमा ४९१ गरी ६१५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ६३२ जनामा कोरोना परीक्षण भएको थियो । जसमा ११६७ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २२४ जना निको हुँदा २ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ६ हजार ७५५ जना सक्रिय संक्रमित छन् ।