मुर्ती चोरी गरेको आरोपमा बाँकेमा एकजना पक्राउ

बाँके । मन्दिरबाट मुर्तीलगायतका विभिन्न सामानहरु चोरी गरेको आरोपमा बाँकेमा एकजना पक्राउ पेरका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार राती एकजनालाई पक्राउ गरेको हो ।

प्रहरीले नेपालगञ्ज उप–महानगरपालिका–१ स्थित राम जानकी मन्दिरबाट मुर्तीलगायतका विभिन्न सामानहरु चोरी भएको सूचना प्राप्त गरेको थियो ।

सोही सूचनाका आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले सामानसहित एकजनालाई पक्राउ गरेको हो ।

प्रक्राउ पर्नेमा नेपालगञ्ज उप–महानगरपालिका–१ बस्ने २५ वर्षीय असरफ बागवान रहेका जिल्ला प्रहरीले जनाएको छ ।

प्रहरीले बागवानका साथबाट भगवानको मुर्ती नीत थान, पाँच थान घण्टी, नाग देवताको मुर्ती दुई थान, तामाको लोटा चार थान, त्रिशुल थान तीन थान, आरती एक थान, पाला छोप्ने ढक्कन आठ थान, पाला दुई थान, टिका राख्ने भाँडा एक थान, फलामको सिक्रि एक थान, सानो आरी एक थान र रिन्च एक थान बरामद गरेको छ ।