बाँकेमा शुक्रवार ४ संक्रमित थपिए

बाँके । बाँकेमा शुक्रवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीनवटा प्रयोगशालामा १०२ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा ३१ नमुना जाँच्दा ३ र मेडिकल कलेज कोहलपुरमा ४५ नमुना परीक्षण गर्दा १ जनामा कोरोना देखिएको हो । बागेश्वरी ल्याबमा २६ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका ३ जना छन् भने १ जना दैलेखका हुन् । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १८ हजार ५ सय २ पुगेको छ ।