‘ए डिभिजन लिगमा आज छैटौं चरणको अन्तिम खेल

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगमा सोमबार एक मात्र खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छैटौं  चरणको अन्तिम खेलमा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब आमनेसामने हुन लागेका हुन् ।

यो खेल दिउँसो १ बजे सुरु हुनेछ । ५ खेलमा ८ अंक जोडेर पाँचौं स्थानमा रहेको सातदोबाटो जावलाखेललाई हराएर चौथो स्थानमा उक्लने प्रयासमा हुनेछ ।

५ खेलमा ४ अंक जोडेर १२ औं स्थानमा रहेको जावलाखेल पनि आज सातदोबाटोलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।