देशका धेरै ठाउँमा आज माैसम सफा रहने

काठमाडौं । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले घाम लागेको छ ।

आज देशका धेरै ठाउँको मौसम सफा रहने अनुमान गरिएको छ ।

प्रदेश १ का पहाडी क्षेत्र बाहेक अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  । प्रदेश १ का उच्च पहाडी र हिमाली जिल्लामा भने आज हल्का हिमपातको सम्भावना छ ।

यस्तै, आज काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । न्यूनतम तापक्रम घटबढ नभए पनि चिसो हावा चल्न थालेकाले बिहान र बेलुकाको समयमा चिसो बढेको छ ।