कला/साहित्य

मन

के सोच्छौं तिमी आफुले आफुलाई ? त्यसै मेरो मन ढुङ्गाले बनेको हो र ? मसँग पनि एउटा मन थियो, त्यो मनभित्र एउटा भावना थियो, अनि त्यो भावनासँगै एउटा मिठो सपना गाँसिएको थियो, कि एउटा सुन्दर संसारभित्र सानो घर बसाउने तर सबै चकनाचुर भयो । मनभित्रको भावना र भावनासँगै गाँसिएको सपना, जब मन नै मरेसी मनदेखि टाढा हुने त अवश्य नै भयो । मरेका ती आस र विश्वासहरु पानीसरि छताछुल्ल भएपछि के ? नै जीवित हुनुपर्यो र आखिर ? अनि मन मरेपछि मनलाई ढुङ्गासरी सारो बनाउनुबाहेक मसँग अरु कुनै विकल्प नै थिएन र छैन पनि ।

तिमीले पनि सुनेकै छौ । मैलेपनि, र सारा संसारले देखेकै कुरा हो की बन्दुकबाट छुटेको गोली र चित्तामाथि सुताएको मृत शरीर कहिले पनि पुनारावास्थामा फर्केको छैन । म पनि त्यही मृत शरीरजस्तै भएको छु जो कहिल्ये फर्कने छैन, त्यो झुटो सपनाको संसारमा । म त्यसलाई मेरो जिन्दगीको सबैभन्दा ठुलो भुल भनेर बिर्सिदिनेछु । हो पक्कै बिर्सन गाह्रो हुन्छ, मन मान्दैन, तर मेरो त मन नै मरिसक्यो । मन मरेसी के गार्हो र तिमीलाई भुल्न ? हुनत मलाईजस्तै धेरै गाह्रो भैरहेको छ तिमीलाई पनि । किनकी माया मैलेमात्र गरेको थिएन, माया त हामी दुवैले गरेका थियौं । तर केहि पनि नभनी बिनाकारण अचानक किन टाढा भयौं ? मैले केहि पनि बुझ्न सकेको छैन ।

हरेक पल्ट एउटा मात्र प्रश्नले मन पिरोल्छ, कारण के थियो ? तिमी अचानक यसरी परिवर्तन हुनु र मदेखि टाढा हुनुमा ? मैले त कुनै ठुलो गल्ती गरेजस्तो लाग्दैन । तिम्रो चित दुख्ने ? सत्रु नै भए पनि माफ गर्छन् रे मान्छेहरुले भन्ने सुनेको थिए । तिम्रो व्यवहारले म त सत्रुको स्तरमा पनि परिन। माया गर्ने मान्छेको भावनासँग खेलेर के नै पायौं र आखिर जवाफ छ तिमीसँग ? सोच्छौं होला मैले धेरै राम्रो गरे, जे गरे अरुको खुशीको लागि गरे भनेर, तर मेरो निम्ति किन आफ्नो खुशी धितो राख्छौं ? एकपल्ट मेरो ठाउँमा उभिएर हेर त कति गाह्रो हुन्छ ? अनि मात्रै बुझ्छौं । तिमीले त के नै बुझेका छौं र ? यस्ता कुराहरु ?

पौष १ गते जब म तिमीसँग बिदा भए, तिमीसँग एक महिना सम्पर्कविहीन हुँदा म कुन अवस्थामा थिए कहिल्यै सोचेनौं ? जब एक महिनापछि तिमीसँग सम्पर्कमा आए । तिमी पहिलाभन्दा धेरै परिवर्तन भएकी थियौं । वास्तवमै धेरैधेरै नै परिवर्तन थियौं । कारण के थियो मलाई थाहा थिएन तर, तिम्रो व्यवहार नै त्यस्तै थियो । बिल्कुलै फरक । पलपल रोएर तिमीलाई सम्झँदै पिउँदा पिउँदै धुवाँको संसारमा रुमलिँदै जिन्दगी नै अलमल्ल पार्न खोजेको थिए । कुनै दिन सोधेको थियौं, ‘किन पिउछौं धुवाँ ? अनि किन हराउँछौं ? धुवाँको संसारमा ? मेरो लागि छोड्न सक्दैनौं यो चिज ? त्यस्तै कुराहरु ।

सुरुमा मेरो प्रतिउत्तर सक्दिन थियो । तर तिम्रो मायाको सामु म परिवर्तन हुन विवस भए । तिम्रो जित भयो, मायाको जित थियो त्यो । तर त्यो नौटङ्की मायालु व्यवहार तिमीले धेरैदिन कायम गरिनौं । एकपल्ट अनुभव गर, किन मैले आफ्नो जीवन धुवाँधुवाँ बनाएको थिए भनेर ? आखिरमा मेरो भावनासँग मात्र नभई मेरो जिन्दगीसँगै खेलेकी छौं । तिमीले, म कुनै खेल होइन जुन तिमीले चाँहादा खेल्ने । बदनाम भएको छु म तिम्रो कारणले । कसैसँगको राम्रो सम्बन्ध टुटेको छ । किन बदलाको भाव राख्यौं ? थाहा छ, तिमीलाई ? कलेजको First Day दिन म जति खुशी थिए, अझ खुशी त तिम्रो Text ले बनाएको थियो ।

सायद तिमीले त त्यो Text मेटिसक्यौं होला ? हैन र ? सम्झने कोषिश गर त ? हिउँ परेको त्यो दिनले मेरो लागि ठुलो महत्व राख्दछ । धेरै नै Miss गरेको थिए त्यो दिन तिमीलाई । एकदम अल्छी र एक्लो महसुस गरेको थिए त्यो दिन आफुलाई । क्लास चलिरहेको थियो, मेरो मन काठमाडौँको कुनै कुनामा बस्ने तिम्रो मनभित्र हराइरहेको थियो । मौसम धेरैनै चिसो थियो । मलाई निन्द्रा लागेको थिएन त्यो दिन, अनि खासै थकित पनि थिएन । एक्कासी हिउँ पर्यो, खुब रमाइलो फिल भयो । क्लास बन्द गरेर सबैजना हिउँ खेल्न थाल्यौं । एक फिट जति हिउँ परेको थियो । फोटोहरु पनि खिचेको थिए । तर दुर्भाग्य मेमोरी कार्ड नै हरायो ।

तर त्यो दिन तिमीले गरेको Text अझै मेरो Mobile मा Save छ, Delete गरेको छैन । तिम्रो सम्झना मा त्यो Message Delete नगरेको होइन मेरो लागि त्यो हिउँ परेको दिन विशेष थियो । त्यो हिउँ परेको दिन म बिर्सिन चाहन्न । खुल्दुली भैरहेको होला म कहाँ ? के गर्दैछु भनेर, होइन ? मेरो बारेमा जानी बुझ्ने धेरै कोषिश पक्कै गर्यौ होला । तर म त धेरै टाढा छु । तिम्रो नौटङ्की मायाको संसारदेखि । मान्छेको जीवनमा १२७ घण्टाजस्तो अति नाजुक परिस्थिति त आइपर्छ भने के नै भएको छ र मेरो जीवनमा ? आखिर जिन्दगी नै उतारचढावको खोला हो । फेरि तिमीले छोडी जाँदैमा जीवन नै सक्कियो रित्तियो ।

अब केही बाँकी रहेन भनेर पलपल तिम्रै सम्झनामा आशु झार्नु पनि त भएन नि । आज तिमि मेरो साथमा छैनौं । तिमी अरुको साथमै खुशी छौं भने त्यो धेरै राम्रो कुरा हो, तर उसको भावनाँंग चै नखेल । किनकी आज ‘तिमि नभए के अर्थ यहाँ’ भन्ने गीतले मेरो जीवनमा केही अर्थ राख्दैन । किनकी आजको परिस्थितिमा म बिल्कुलै परिवर्तन भएको छु । कारण तिमीले दिएका चोटहरु नै हुन् । त्यो चोटले मलाई ढुङ्गा बनाएको छ । र त्यो ढुङ्गा इस्पातभन्दा नि सारो छ । जुन कैले पनि फुट्न सक्दैन ।

जसरी मेरो मन र भावनासँग खेल्यौं, अनि मायाको नाटक गरेर बिनाकारण टाढा भयौं । कृपया अरुको मनसँग खेल्ने कोषिश नगर । आगोमा हात हल्यौं भने आफै जल्ने छौं । मलाई थाहा छ, तिमीले एक दिन महसुस गर्नेछौं र आफुले आफुलाई सोध्ने छौं, मैले किन जिन्दगीमा यतिठुलो गल्ती किन गरे ? किन अरुको मन दुखाए ? तर अब केही फाइदा हुनेवाला छैन । किनकी तिम्रो लागि म मरिसके । तिमी रुनेछौं, तर त्यो आँसुले केही महत्व राख्ने छैन । पश्चाताप गरेर हुनेवाला केही छैन । किनकी धेरै ढिलो भैसक्यो अब त । तर जता जाउ, जे गर, जोसँग रहे पनि तिम्रो उन्नति र प्रगति भएको यो आँखाले देख्न नपाए पनि यी कानले सुन्न पाओस् । तिम्रो सँधैं जय होस् । (लेखक खनाल सशस्त्र प्रहरी बलका निरीक्षक तथा गायक हुन् ।)