दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

दिनभरको तीव्र उतार चढावपछि नेप्से परिसूचक ३७ दशमलव ८७ अंकले घटेर २ हजार ३ सय ७६ दशमलव ७४ अंकमा झरेको छ ।

कारोबार रकम पनि घटेको छ । बुधबार ४ अर्बको शेयर कारोबार भएकोमा बिहीबार साढे २ अर्ब पनि पुग्न सकेन ।

दिनभर भएका ३७ हजार २ सय ३६ कारोबारबाट २२४ कम्पनीका ५३ लाख ७९ हजार ८ सय ६० कित्ता शेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९ सय ६८ रुपैयाँमा रोकिएको छ।