नेकपा एसले तोक्यो दुवै सदनका प्रमुख सचेतक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले संघीय संसदका दुवै सदनका लागि प्रमुख सचेतक चयन गरेको छ ।

आइतवार बसेको बैठकले प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको छ भने राष्ट्रियसभामा शेर बहादुर कुवर चयन भएका छन् ।

श्रेष्ठ पार्टीका सचिव समेत हुन् । आइतवार पार्टी अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।