थप २७० जनामा कोरोना संक्रमण, ३०२ जना निको

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

७ हजार ८ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २ हजार ६ सय १७ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जना गरी २७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३०२ जना निको भएका छन् ।