एमालेको १० औँ राष्ट्रिय महाधिवेशन

ओलीको ‘पानी जहाज’ सपना, नारायणीपारिबाट डुंगा चढेर ‘महाधिवेशनस्थल’मा

उद्घाटन गरेको ग्याँस पाइप लाइन कता हरायो अत्तोपत्तो छैन, भारतबाट करोडौं लगानीमा त्र्यिाइएको रेल त्रिपाल ओढेर खिया हजम गर्दै सुतेको छ । पानी जहाजको सपना ओली आफैले बिर्सिसके ।

भर्खरै

चितवन । कहिले पानी जहाज, कहिले पूर्वपश्चिम रेल त कहिले पाइप लाइनबाट घरघरमा ग्याँस पुर्‍याउँछु । पहिलो पटक प्रधानमन्त्री भएपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका यी प्रतिवद्धता टुसाउनसमेत पाएका छैनन् । नेपाली कम्युनिष्ट इतिहासमा सबैभन्दा लामो समय दुई पटक प्रधानमन्त्री बनेका ओली सपना देखाउँदैमा सिमित रहे ।

आजबाट नारायणी नदी किनारमा एमालेको दशौं महाधिवेशन सुरु हुँदै गर्दा पार्टी अध्यक्ष रहेका ओली त्रिशुलीबाट, गण्डकी, काली गण्डकी घुम्दै आफ्नै पालामा नेपाल भित्र्याइएका पानी जहाजमा सयर गर्दै नारायणी नदी किनारमा पुगेको भए साँच्चै एमालेका मात्रै नभएर अन्य पार्टीका नेता, कार्यकर्ता र आम नागरिकमा कस्तो अनुभूती हुन्थ्यो होला ?

यद्यपी उद्घाटन गरेको ग्याँस पाइप लाइन कता हरायो अत्तोपत्तो छैन, भारतबाट करोडौं लगानीमा त्र्यिाइएको रेल त्रिपाल ओढेर खिया हजम गर्दै सुतेको छ । पानी जहाजको सपना ओली आफैले बिर्सिसके । यद्यपी दशौं महाधिवेशन उद्घाटनका क्रममा चितवन पुगेका ओली आज नारायणीमा डुङ्गा चढेर पानी जहाजको मुर्छित सपनाबाट ब्युझिँएका छन् ।

आफ्नो प्रधानमन्त्रीत्वकालमा ‘पानी जहाज’को नारा ओकल्दै ‘माखो’समेत नमारेका एमाले अध्यक्ष ओलीले नारायणी नदी किनारमा आजबाट सुरु हुँदै गरेको आफ्नै पार्टीको दशौं महाधिवेशन उद्घाटनका लागि सौराहबाट महाधिवेशन स्थलमा डुंगा चढेर ‘पानी जहाज’को मुर्छित सपनाबाट ब्युझिँने अवसर पाएका छन् ।

ओली डुङ्गाबाटै महाधिवेशन स्थलसम्म पुग्ने भएपछि नदी किनारमा कार्यकर्ताहरुले बाटो निर्माण गरेका थिए । ओली नारायणीपारिबाट डुंगा चढेर महाधिवेशन स्थलमा पुगेका थिए । उनी डुङ्गा चढ्नुअघि त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । डुङ्गा चढेर एमाले महाधिवेशन स्थलमा पुगेका ओलीले मध्याह्न १२ बजे महाधिवेशन उद्घाटन गरेका छन् ।

ओली डुङ्गा चढ्नुअघिका केही तस्वीरहरु :