विश्वभर एकैदिन साढे ४ लाख कोरोनामुक्त, ७ हजार ५ सयको मृत्यु

काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ५० हजार ४४१ जना कोरोनामुक्त भएका छन् । ओल्डोमिटरको तथ्यांकअनुसार यही अवधिमा ७ हजार ५ सय जनाको मृत्यु भएको छ ।

त्यसैगरी थप ६ लाख १४ हजार १९९ जनामा संक्रमण पुष्टि भएको हो । जसअनुसार अमेरिकामा मात्रै ९४ हजार ८८३ जना थपिदा निको हुनेको संख्या ५७ हजार ४११ रहेको छ । त्यहाँ एकैदिन एक हजार ४४४ जना संक्रमितको मृत्यु भएको छ ।

रुसमा ३३ हजार थपिँदा ४२ हजार बढी संक्रमणमुक्त भए । पछिल्लो दिन एक हजार २४० जनाले कोरोनाका कारण ज्यान गुमाए ।

यसअघि बुधबार ५ लाख २५ हजार ७२६ जना कोरोना संक्रमित थपिएका थिए ।

युरोपमा कोरोना भाइरसको दैनिक संक्रमण दर बढेको छ ।