बाँकेका २ जनामा कोरोना संक्रमण पुष्टि

बाँके ।  बाँकेमा बुधवार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका दुई वटा प्रयोगशालामा ४० नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा ३३ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बागेश्वरी ल्याबमा ७ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

बुधवार संक्रमण पुष्टि भएका दुबै जना बाँकेका हुन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ५६ पुगेको छ ।

यस्तै बुधवार ३ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ९८ पुगेको छ ।