नेशनल हिरो अवार्डबाट माधवी शाह सम्मानित

बाँके । नेपाल इभेन्ट अग्रनाइजेशन एशोसिएसनले नेपालगन्जकी माधवी शाह नेशनल हिरो अवार्ड–२०७८ बाट सम्मान गरेको छ । कोभिड–१९ महामारीमा आफ्नो ज्यानको प्रवाह नगरी सामाजिक कार्य गरेको भन्दै शाहलाई पनि सम्मान गरेको हो ।

एशोसिएसनका अध्यक्ष आरके सुवेदीले नेपालमै छिट्टै विशेष कार्यक्रमको आयोजना गरी सम्मानित व्यक्तिलाई अवार्ड वितरण गरिने जानकारी दिए । शिक्षण पेशामा आवद्ध भए पनि शाहले कोरोना महामारीमा प्लाज्मा संकलनमा उल्लेखनिय भूमिका निर्वाह गरेकी थिइन् ।

उनले भेरी अस्पतालका चिकित्सकहरुसँग समन्वय र सहकार्य गरेर प्लाज्मा संकलनमा अहोरात्र खटिएर कोभिड संक्रमित बिरामीको उपचारमा सघाएकी थिइन् । दुबईमा आयोजित अवार्ड शोमा ६ हजार आवेदकमध्येबाट एशोसिएसनले नेशनल हिरो अवार्डबाट सम्मानित माधवी शाहलाई छनौट गरेको हो ।