दार्चुला पुगेका माधव नेपालले आफ्नै भुमी नचिनेपछि…(भिडियोसहित)

भर्खरै

महेन्द्रनगर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दार्चुलाको गोकुलेश्वर पुगेर प्रहरीलाई सोधेका छन्, ‘के यो नेपाल नै हो ।’

हेलिकप्टरबाट बुधबार गोकुलेश्वरमा झरेपछि इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अरुण बमलाई गोकुलेश्वर नेपाल नै हो की भनी सोधेका थिए । नेता नेपालले चौलानी नदीतर्फ हेर्दै भने, ‘यो कुन नदी हो ?’

नेकपा एस दार्चुला जिल्लाको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्न नेता नेपाल गोकुलेश्वर पुगेका थिए । जिल्ला भेलालाई सम्बोधन गर्दै उनले गोकुलेश्वरमा आफू दोस्रो पटक आएको बताएका थिए ।

हेर्नुस् भिडियो :