अन्जु पन्तको ‘चौबन्दी’ सार्वजनिक (भिडियोसहित)

भर्खरै

काठमाडौं । गायिका अन्जु पन्त र गायक आरसी रिमालको ‘चौबन्दी’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । गीतकार मोहन थापाको शब्द, रिमालको संगीत, साहस शाक्यको संगीत संयोजन रहेको उक्त गीत शुक्रबार सार्वजनिक भएको हो । वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाले एक समारोहबीच गीत सार्वजनिक गरेका थिए ।

यो गीत रोहित के थापा युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा नवराज उप्रेतीको छायांकन, प्रवीण भट्टको सम्पादन, निर्देशक मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशन रहेको छ । म्युजिक भिडियोमा मोडल बिना राउतलाई रोहितकुमार थापाले साथ दिएका छन् । दुई युवायुवतीको माया प्रेमको कथालाई भिडियोमा उतार्न खोजिएको छ ।