कोरोनाबाट बाँकेमा एकको मृत्यु

बाँके । बाँकेमा कोरोना भाइरस संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा जोशीपुर गाउँपालिका ७ कैलालीका ४९ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए ।

असोज २६ गतेकोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनलाई असोज २८ गते थप उपचारका लागि भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरिएको थियो ।

स्वास्थ्यमा सुधार नआउँदा उनको शुक्रवार राती साढे ११ बजे मृत्यु भएको हो । योसँगै हालसम्म जिल्ला बाहिरबाट उपचारका लागि आएका ४२७ जनाको मृत्यु भएको छ ।