राजनीति

नेकपा एमाले बाँकेका सबै वडामा सर्वसंम्मत नेतृत्व चयन

यही ९ गते पालिकास्तरिए अधिवेशन हुने

बाँके । नेकपा एमाले बाँकेको वडा अधिवेशन शनिबार सफलता पुर्वक सम्पन्न भएको छ । बाँकेका ८१ वटै वडाहरुको अधिवेशन सफलता पुर्वक सम्पन्न भएको जिल्ला अध्यक्ष निरक गुरुङले जानकारी दिए ।

एमाले र माओवादी केन्द्रबीचको एकीकरण प्रक्रियामा अदालतले पुन छुट्टयाईदिए पछि पछिल्लो समय नेतृत्व चयन हुन नसक्दा एमालेका कार्यकर्ताहरुमा एकप्रकारको अन्यौलता छाएको थियो ।

तर, जिल्लाका ८ वटै पालिकाका ८१ वटा वडाहरुमा शनिबार सम्पन्न वडा अधिवेशनमा सर्बसम्मत ढंगले नेतृत्व चयन भएपछि पार्टीमा नयाँ उर्जा थपिएको जिल्ला अध्यक्ष गुरुङ्गले बताए ।

अधिवेशनबाट निर्वाचित भएर आएका वडाका समितिहरुले पार्टी र जनताको हितार्थ काम गर्ने भएको बताउदै अध्यक्ष गुरुङले वडा अधिवेशन सकिएसंगै बाँकेमा नेकपा एमालेले नयाँ गति लिने विश्वास व्यक्त गरे ।

यही ९ गते पालिकास्तरिए अधिवेशन हुने जनाईएको छ । यस अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभरका सबै स्थानीय तहका वडा अधिवेशन डिजिटल प्रविधिको प्रयोग गरी उद्दघाटन गरेका थिए ।

शनिबार बाढी विपदले समस्याग्रस्त भएका पालिकामा बाहेक सबै वडामा अधिवेशन सम्पन्न गर्ने गरी कार्यक्रम तय भएको थियो ।