चिनियाँ जनमुक्ति सेनामा पहिलो पटक दुई महिला पाइलट

बेइजिङ्ग । चिनियाँ जनमुक्ति सेना अन्तर्गतको वायु सेनामा दुई महिला पाइलट प्रवेश गर्न सफल भएका छन् । चेन तिएनचाङ र हान जियायिङ चिनियाँ जनमुक्ति सेनाको पहिलो महिला पाइलट बनेका हुन् ।

गत जुन महिनामा एयर फोर्सको अधययन पुरा गरेर चेन र हानले दिक्षान्त हासिल गरेका थिए । उनीहरु हाल चीनको दक्षिण पश्चिम क्षेत्रमा रहेको एभिएसन ब्रिगेडको ७७ औं ग्रुप आर्मीमा आवद्ध भएका छन् ।