हिउँमा फसेर १२ पदयात्रीको मृत्यु

नयाँ दिल्ली । हिमाञ्चल प्रदेश र उत्तराखण्डको बीचमा हिउँमा फसेर दुई छुट्टाछुट्टै टोलीका कम्तीमा १२ पदयात्रीको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् ।

उद्धार टोलीले शव निकालेर बेपत्ताहरूको खोजी कार्य तीव्र पारेको छ । हिमाञ्चल प्रदेशको आपत्कालीन उद्धार केन्द्रका एक अधिकारीले दिएको जानकारीअनुसार बिहीबार हराएका पर्यटकहरूमध्ये हिमाञ्चल प्रदेशबाट दुई शव र उत्तराखण्डबाट पाँच शव र दुई घाइतेलाई बाहिर निकालिएको छ भने अन्य दुईजना अझै बेपत्ता छन् ।

यसैबीच, उत्तराखण्ड राज्य प्रकोप व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले त्यहाँको माथिल्लो भागमा बेपत्ता भएका अर्को समूहबाट पाँचजनाको शव निकालिएको जानकारी दिएका छन् । मृत्यु हुनेमा भारतीय नागरिक रहेको बताइएको छ ।