प्रचण्ड धुलिखेलकाे जिपलाइनमा सरर… (फोटो फिचर)

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले धुलिखेल पुगेर जिपलाइन खेलको अनुभव लिनुभएको छ ।

पारिवारिक भ्रमणका क्रममा नाति नातिनीसहित धुलिखेल पुग्नुभएका अध्यक्ष दाहालले क्लासिक जिपलाइनको अनुभव लिनुभएको हो । साहसिक गतिविधिमा आफूलाई रूचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको मज्जा लिएको बताउनुभयो ।

पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको उहाँको भनाइ छ । सिन्धुपाल्चोकका केदार थापा काठमाण्डाैका भूपेश श्रेष्ठले वर्ल्ड वाइड एड्भेन्चर प्रालिमार्फत धुलिखेलमा जिपलाइन, रिसोर्ट र एडभेन्चर पार्क सञ्चालनमा ल्याउनुभएको थियो ।

जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेशन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरी ११ सय मिटर रहेको छ ।

भर्टिकल ड्रप दुई सय ४० फिट रहेको जिपलाइन ७० किलोमिटर प्रति घण्टाको औसत गतिमा पार हुन्छ ।

काठमाण्डाैबाट झन्डै ३५ किलोमिटर दुरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यावसायिक रूपमा सुरु भएको हो ।