बाँकेमा शुक्रवार थप ७ जनामा कोरोना पुष्टि

बाँके । बाँकेमा शुक्रवार थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१११ नमुना परीक्षण गर्दा थप ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ५२ नमुना परीक्षण गर्दा ५, मेडिकल कलेज कोहलपुरमा २६ नमुना परीक्षण गर्दा १ जना र बागेश्वरी ल्यावमा ३३ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ ।

शुक्रवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ६ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३६१ पुगेको छ । कोहलपुरका ३, नेपालगञ्जका २ र बैजनाथका १ जना रहेका छन् ।

यस्तै शुक्रवार थप ७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९८१ पुगेको छ ।