प्रधानमन्त्री सुदूरपश्चिममा

बाढीपहिरो पीडितलाई सरकारले राहत प्याकेज ल्याउँछ : प्रधानमन्त्री

आज धनगढी हुँदै काठमाडौं फर्किंदै

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितका लागि सरकारले राहत प्याकेज ल्याउने बताएका छन् ।

आज बिहान कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले काठमाडौं फर्किएपछि राहत प्याकेज घोषणा गर्ने बताए ।

बाढी पहिरो प्रभावित सुदूरपश्चिम क्षेत्रको भ्रमणका लागि प्रधानमन्त्री देउवा बिहीबार यता आएका थिए । उनी शुक्रबार धनगढी हुँदै काठमाडौं फर्किंदैछन् ।