भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

स्याङ्जा । स्याङ्जाको भालुपहाडस्थित पहिरो खस्दा सिर्दाथ राजमार्ग अवरुद्ध भएको छ ।

बुधबार बिहान फेदिखोला गाउँपालिका-२ भालुपहाडस्थित पहिरो खसेको स्याङ्जा प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण माथिबाट ढुङ्गासहितको पहिरो खस्दा राजमार्ग अवरुद्व भएको र नगरपालिका, सडक विभागसगँको सहकार्यमा राजमार्ग सञ्चालन गराउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।