कोरोना कहर

बाँकेमा बुधवार १५ जनामा कोरोना संक्रमण पुष्टि, १० जना डिस्चार्ज

कुल संक्रमितको संख्या १८ हजार ३५०

बाँके । बाँकेमा बुधवार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११८ नमुना परीक्षण गर्दा थप १५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ६६ नमुना परीक्षण गर्दा १० जना र मेडिकल कलेज कोहलपुरमा ३७ नमुना परीक्षण गर्दा ५ जना संक्रमण पुष्टि भएको छ ।

बुधवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ४ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३५० पुगेको छ ।

यस्तै बुधवार थप १० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९६३ पुगेको छ ।