जंगली हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा जंगगली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ का ६६ वर्षीय ध्वजबहादुर कार्की र उनकी ५३ वर्षीय श्रीमती मधुरा कार्कीको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।