विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवारको लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ २५ पैसा र बिक्रीदर १२० रुपैयाँ ८५ पैसा रहेको छ ।

त्यसैगरी यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १४० रुपैयाँ १० पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरबीयन रियल एकको खरिददर ३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २२ पैसा कायम भइ कारोबार भइरहेको छ ।

त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८३ पैसा र बिक्रीदर २८ रुपैयाँ ९७ पैसा रहेको छ ।