पत्रकार द्वारिका नेपालको मस्तिष्कघातबाट निधन

भर्खरै

काठमाडौं । पत्रकार द्वारिका नेपालको मस्तिष्कघातबाट निधन भएको छ ।

काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत नेपालको आज बिहान पाँच बजेतिर निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

पत्रकार नेपाल चितवनमा कुशल शिक्षक र साहित्यकारको रुपमा पनि परिचित छन् ।

चितवनको भरतपुर–१० घर भएका नेपाललाई दशैंको फूलपातीको दिन चितवनबाट हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको थियो ।

४७ वर्षीय नेपाल कालिका एफएम र कालिका टेलिभिजनमा कार्यरत थिए ।