बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार राति गोकुलेश्वरदेखि सतंबाज आउँदै गरेको ट्याक्टर साढे १२ बजे दोगडाकेदार गाउँपालिका–३ को तारलमा दुर्घटना हुँदा डिलाशैनी गाउँपालिका–३ पंसेराका २३ वर्षीय योगेश पालको मृत्यु भएको हो ।

आफैंले चलाएको ट्याक्टर दुर्घटनामा पर्दा गम्भीर घाईते भएका उनको जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बोधराज ओझाले जानकारी दिए ।

यस्तै दुर्घटनामा परी घाइते हुनेमा सोही ठाउँका रुपेश कोली रहेका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रवक्ता ओझाले बताए ।

मृतक पाल केही समय अगाडि मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए ।