मोतिपुर औद्योगिक क्षेत्रमा कर्फ्यु कायमै

भर्खरै

काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर–१७ र १८ मा कर्फ्यु आदेश कायमै छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले गएको आइतबार अपराह्न ४ बजेदेखि निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रमा अर्को सूचना नभएसम्मका लागि कर्फ्यु जारी गरेको हो ।

आइतबार मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा टहरा बनाएर बसेका सुकुम्बासीलाई हटाउने क्रममा प्रहरी र सुकुम्बासीबीच दोहोरो झडप भएको थियो । उक्त झडपमा परी चारजनाको मृत्यु भएको थियो । प्रहरी र सुकुम्बासी गरी करिब ५० जना घाइते भएका थिए ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाका अनुसार अहिले औद्योगिक क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासीहरूलाई हटाइसकिएको छ ।