चीनको शान्सी प्रान्तमा भीषण बाढी

काठमाडौं । भीषण बाढीका कारण चीनको शान्सी प्रान्तमा १७ लाख ६० हजार भन्दा धेरै मानिस प्रभावित भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार शान्सी प्रान्तमा बाढी जाँदा जनजीवन प्रभावित भएको हो । गएको हप्ता परेको भारी वर्षाका कारण बाढी जाँदा घरहरु भत्किएका हुन् ।

यस्तै पहिरो पनि गएको र त्यसले शान्सी प्रान्तका ७० भन्दा बढी जिल्ला र शहरहरु प्रभावित भएका छन् । भारी वर्षाले उद्धार प्रयासमा अवरोध गरेको अधिकारीहरुले बताएका छन् ।

झण्डै तीन महिना पहिले हेनान प्रान्तमा परेको अत्यधिक पानीका कारण आएको बाढीका कारण तीन सयजनाको ज्यान गएको थियो ।

अहिलेको बाढीका कारण हेबेइ प्रान्तमा बाढी आएको नदीमा बस खसेको छ । बसमा ५१ जना रहेका मध्ये तीनजनाको ज्यान गएको छ भने अरु ११ जना बेपत्ता छन् ।

जोखिमयुक्त पहाडहरु रहेको शान्सी प्रान्तमा अत्यधिक वर्षाले ठूलो क्षति गर्ने गरेको छ।