बढ्यो कुखुराको मासुको मूल्य, प्रतिकिलो ३४० पुग्यो

काठमाडौं । दसैँको मुखमा ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ ।

असोज पहिलो सातामा कुखुराको तयारी मासुको मूल्य घटेर प्रतिकिलो ३०० रुपैयाँमा आएको थियो । जुन, अहिले बढेर प्रतिकिलो ३४० रुपैयाँसम्म पुगेको हो ।

मासु व्यवसायी संघका अनुसार यो साता कुखुराको मासुको मूल्यमा दोस्रो पटक वृद्धि भएको हो ।  दसैँको मुखमा उत्पादन घटेकाले मूल्य बढेको संघले जानकारी दिएको छ ।