भन्सार छलीको सामान नेपालगञ्जबाट बरामद

बाँके । भारतबाट भन्सार छलिको अवैध सामान नेपालगञ्जबाट बरामद गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१० बाट भन्सार छलिको लत्ताकपडा, घण्टी, पाला, अटो रिक्सालगायतको सामान बरामद भएको बाँके प्रहरीले जनाएको छ ।

१ लाख ३२ हजार ५ सय मूल्य बराबरको सामान बरामद गरि भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीले जनाएको छ ।