भारतबाट १० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुग्याे

काठमाडौं ।  सरकारले गएको फागुनमा भारतसँग खरिदका लागि अग्रिम रकम बुझाएको १० लाख डोज कोभिसिल्ड खोप बल्ल नेपाल आइपुगेको छ ।

सरकारले भारतको सेरम इन्स्टिच्युटलाई २० लाख डोज खोपका लागि अग्रिम भुक्तानी गरेको थियो । जसमध्ये १० लाख डोज खोप आएको थियो भने बाँकी १० लाख डोज खोप भने ७ महिनादेखि आएको थिएन ।

खरिद गरेको सात महिनापछि बाँकी १० लाख डोज खोप हिजो नेपाल ल्याइएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार हिजो दिउँसो साढे २ बजे त्रिभुवन विमानस्थलमा खोप बोकेर आएको जहाज अवतरण गरेको थियो ।

खरिदको खोप आएपछि मन्त्रालयले कोभिसिल्ड खोप एस्ट्राजेनेकाको पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई दिने तयारी गरेको छ ।