कोहलपुरमा महिला क्रिकेट एकेडेमी खोल्ने : मन्त्री अथक

बाँके । नवनियुक्त युवा तथा खेलकूद मन्त्री महेशवर गहतराज ‘अथक’ले मन्त्री बन्नासाथ कोहलपुरमा महिला क्रिकेट एकेडेमी खोल्ने बताएका छन् । उनले मन्त्रीको पदभार ग्रहण गर्दै पहिलो निर्णयका रुपमा सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बनेको गठबन्धन सरकारमा गहतराज नेकपा माओवादी केन्द्रबाट युवा तथा खेलकूद मन्त्रीका रुपमा सरकारमा सहभागी भएका हुन् । उनले  पद तथा गोपनियताको शपथ खाएका हुन् ।

पद तथा गोपनियताको शपथ खाएसँगै मन्त्रालयमा आफ्नो पदभार सम्हाल्दै कोहलपुरमा महिला क्रिकेट एकेडेमी खोल्ने काम प्राथमिकतामा राखेको बताएका हुन् ।

यो सँगै खेलकूदका क्षेत्रमा महत्वपूर्ण काम गर्दै आफ्नो कार्यकाललाइ सफल बनाउन प्रयत्न गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।