बाँकेको बैजनाथ साक्षर गाउँपालिका घोषणा

बाँके । बाँकेको बैजनाथ गाउँपालिकालाई शुक्रवार साक्षर गाउँपालिका घोषणा गरिएको छ ।

जनप्रतिनिधि, स्थानीय राजनीतिक दल, विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थितिमा पालिकाका अध्यक्ष मानबहादुर रुचालले साक्षर पालिका घोषणा गरेका हुन् ।

बैजनाथ गाउँपालिकाको कुल जनसंख्या ५४ हजार ४ सय १८ रहेको छ । तीमध्ये ९७ प्रतिशतबढी नागरिक साक्षर भएसँगै शुक्रवार एक कार्यक्रमका बीच साक्षर घोषणा गरिएको हो ।

अन्य निरक्षरलाई पनि साक्षर गराउनेगरी कार्यक्रम संचालन गरिने पालिका अध्यक्ष रुचालले बताए । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, शिक्षा समन्वय इकाइका प्रमुख रामसुरेस यादवलगायतले आआफ्नो धारणा व्यक्त गरेका थिए ।