समाचार

बाँकेका ‘अथक’ युवा तथा खेलकुद मन्त्री

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीहरुको मन्त्रालय टुंगो लगाएको छ । माओवादी केन्द्रले बाँकेका महेश्वरजंग गहतराज ‘अथक’लाई युवा तथा खेलकुद मन्त्रीमा सिफारिस गरेको छ ।

थप तीन मन्त्री र एक राज्यमन्त्री पाएको माओवादी केन्द्रले ‘अथक’लाई युवा तथा खेलकुद मन्त्रीमा सिफारिस गरेसँगै बाँकेहरु खुशी भएका छन् । बाँकेको कोहलपुर उनी हालसम्म मन्त्री बनेका थिएनन् ।

त्यस्तै माओवादी केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा देवेन्द्र पौडेललाई सिफारिस गरेको छ भने भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रीमा शशी श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रले एक जना राज्यमन्त्रीमा बोधमाया यादवलाई सिफारिस गरेको छ । सरकारमा माओवादी केन्द्रका तर्फबाट पम्फा भुसाल उर्जामन्त्री र जनार्दन शर्मा अर्थमन्त्री रहेका छन् । आज सिफारिस गरिएका मन्त्रीहरुको आजै सपथ हुने जनाइएको छ ।