बेलायतले नेपाललाई हवाई यात्राकाे रातो सूचीबाट हटायो

काठमाडौं । बेलायतले नेपाललाई हवाई यात्राकाे रातो सूचीबाट हटाएको छ ।

अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरफेर गर्ने तालिकाअनुसार बेलायत सरकारले नेपाललगायत ४७ देशलाई रातो सूचीबाट हटाएको हो । बाँकी अन्य सात देश भने रातो सूचीमै छन् ।

आउँदो सोमवारदेखि लागू हुने गरी बेलायतले नेपाललाई रातो सूचीबाट हटाएको हो । कोरोना महामारीका कारण बेलायतले नेपालसहित विश्वका धेरै देशलाई रातो सूचीमा राखेको थियो ।

यस्तै, बेलायतले अक्सफोर्ड एस्ट्राजेनेका, फाइजर, मोडेर्ना र जोनसाेन एण्ड जोनसाेनको खोप लगाएकालाई आफ्नो देश प्रवेशमा अनुमति दिएको छ । नेपालबाट बेलायत जाँदा खोप लगाएको प्रमाण पेस गर्नुपर्ने छ।