अनेरास्वबियु बाँकेले आज शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

बाँके । एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्वबियु बाँकेले दशैं, दिपावली र छठलगायतका पर्बको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।

विहिबार घटस्थापनाको दिन बिहान ९ बजे एमाले बाँकेको कार्यालय परिसरमा अनेरास्ववियु बाँकेले सो कार्यक्रमको आयोजना गरेको केन्द्रीय सदस्य मोहित शाहले जानकारी दिए ।

सो कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष झपिन्द्र खत्री र केन्द्रीय सचिब सुर्य रोकायले सम्बोधन गर्ने अनेरास्ववियु बाँकेले जानकारी दिएको छ ।