बाँकेमा मंगलवार २१ जनामा कोरोना पुष्टि

बाँके । बाँकेमा मंगलवार थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९० नमुना परीक्षण गर्दा थप २१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ४१ नमुना परीक्षण गर्दा १२ र मेडिकल कलेज कोहलपुरमा ३६ नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

तीमध्ये बाँकेका १२ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २६० पुगेको छ ।

यस्तै मंगलवार थप ९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८६५ पुगेको छ ।

अस्पतालमा उपचार गराइरहेका मध्ये ९ जना सिकिस्त छन् भने ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । १८ जना मध्यम बिरामी रहेका छन् ।