पत्रकार दुर्ब्यबहारको घटनाप्रति महासंघको आपत्ती, कडा कारबाहीको माग

बाँके । पत्रकार महासंघ बाँकेले पत्रकारहरुप्रति भएको दुर्ब्यबहारप्रति गम्भीर आपत्ती जनाएको छ ।

बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ बेलभारका वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले पत्रकारमाथी आक्रमणको प्रयास गरेको घटनाप्रति महासंघले आपत्ती जनाएको हो ।

रिपोर्टिङकालागि वडा कार्यालय पुगेका अनलाइन खोजखवरका प्रकाशक तथा पत्रकार महासंघ कार्यसमितिका सदस्य जावेद अन्सारी र माउन्टेन टिभीका पत्रकार रविन्द्र घिमिरेलाई वडाध्यक्ष लगाएतका ब्यक्तिहरुले आईतबार हालपातको प्रयास गरेका थिए ।

स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेको बिषयमा रिपोर्टिङ गर्न गएका पत्रकारद्धय अनसारी र घिमिरेलाई आइतबार वडाध्यक्षका भाइसहितका आसेपासेले दुर्ब्यबहार गरेका हुन् ।

फरक पार्टीमा आस्था राखेकै कारण वडाअध्यक्ष गुप्ताले स्थानीयलाई सिफारिसबाट बञ्चिन गर्ने गरेको सेवाग्राहीले गुनासो गर्दै शुक्रबार वडा कार्यालयमा तावाबन्दी गरेका थिए ।

घटनामा प्रहरी समेत मुखदर्शक बनेर बसेको स्थानीयको भनाइ छ । पीडित तिर नलागेर प्रहरीले पनि वडाअध्यक्ष र तीनका कार्यकर्ताहरुलाई साथ दिएका थिए ।

प्रहरीले पत्रकारलाई समेत धक्काएका थिए । उक्त विषयमा पत्रकार महासंघ बाँकेले पत्रकारमाथि भएको दुर्ब्यबहारको निन्दा गरेको छ ।

महासंघका सचिव कमल डाँगीले विज्ञप्ती जारी गर्दै वडाअध्यक्ष गुप्ता नेतृत्वको समूहले गरेको दुर्ब्यबहार र आक्रमणको प्रयासको भत्र्सना गरिएको हो ।

साथै महासंघले दोषिमाथी कडा कारबाहीको माग समेत गरेको छ ।