लेनदेन मुद्दाका फरार प्रतिवादी अहिर पक्राउ

बाँके । जिल्ला प्रहरी बाँकेले लेनदेन मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

लामो समयदेखि फरार रहेका जानकी गाँउपालिका १ का ३७ बर्षीय तिलक राम अहिरलाई पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

जिल्ला अदालत बाँकेले अहिरलाई २०७६ जेठ १५ लेनदेन मुद्दामा फैसला गर्दै ६ महिना कैद र ३ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

त्यसपछि फरार रहेका अहिरलाई जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले पक्राउ गरि आइतवार जिल्ला अदालत बाँकेमा बुझाएको प्रहरीले जनाएको छ ।