रैथाने खेतीमा जोड दिदै जुम्लाका किसान

जुम्ला । पछिल्लो सयमा जुम्लाका किसान रैथाने खेतीलाई जोड दिदै आएका छन् ।

उपारिवर्तशिल बाली प्रजनन परियोजना अन्तर्रत( इपिनि) परियोनाले यहाँको किसानलाई रैथाने खेतीदेखी अन्य अर्गानिक बाली उत्पादन र संरक्षणमा लागेपछि सो खेतीमा किसान आकर्षणदेखी रैथाने बाली संरक्षणमा जुटेको यहाँको तातोपानी गाउँपालिकाका किसान बताउँछन् ।

लोपउन्मुख जुम्लाको कालीमार्सी धान,चिनो कागुनो,कोदो र सिमी लगायतका रैथाने बालीको सरक्षणमा किसान जुटेका हुन् । बढ्दो बजार माग र महत्व बुझेपछि जुम्ली किसान पछिल्लो समय रैथानेबालीको प्रर्बद्धनमा जुटेको पाइएको छ ।

स्थानीय गैरसरकारी संस्था लीवर्डले जुम्लाको रैथाने बाली संरक्षणका लागि किसानलाई प्राविधिक तथा सैद्धान्तिक विषयमा सिकाउदै आएको छ । जसका कारण जुम्ली किसान रैथाने बालीको खेतीमा आर्कषित भएको किसान राजकन्या उपाध्यायले बताउनुभयो ।

अनुभव साटासाट गर्नेका लागी सो संस्थाले लमजुङ्गका किसानलाई भ्रमण गराउका जुम्ला ल्याएको छ । खेती प्रणाली,उत्पादन बृद्धि संकलन भण्डार,बाली दर्ता तथा बजारीकरण लगायतका विषयमा रैथाने बाली संरक्षण गर्ने लीवर्ड संस्थाले जिल्लाका किसान र लमजुङ्गका किसान बीच अन्तरक्रिया समेत गरेको छ ।

माग बढ्दै गएपछि कालीमार्सी धान,सिमि,चिनो कागुनो लगायतका रैथाने बालीको खेतीमा अग्रसर भएको तातोपानी – ४ का किसान राजकन्या उपाध्यायले बताउनुभयो ।

उहाँले भन्नुभयो,“उत्पादन बृद्धि गर्न कृषिमा आधुनिकरण बहुरुपी जातको खेतीमा जोडदिन आबश्यक छ । रैथाने बालीको माग बढेको छ । हामी रैथाने बाली उत्पादन, प्रर्बद्धन तथा खेती विस्तारमा जुटेका छौ ।

”मार्सीधान, सिमि मात्र नभई हाम्रा हरेक रैथाने बाली संरक्षण गर्न जरुरी छ । उत्पादनबृद्धि तथा खेती विस्तारको लागी अनुसन्धानलाई जोड दिनुपर्छ । उत्पादन,संकलन,लेबलिङ,प्याकेजिङ तथा बजारीकरणमा स्थानीय तहले सहजीकरण गर्नुपर्ने स्थानीयवासि उपाध्यायले बताउनुभयो । ”

लीवर्डले तातोपानी गाउँपालिका स्थित एैरेनीको एक मार्सी फाँटमा विगतका वर्षदेखि अनुसन्धान गर्दै आएको छ । मार्सीधान अनुगमन गर्न जुम्ला पुगेका लीवर्डका बाली प्रजनक श्रीप्रसाद न्यौपानले मार्सीधानको उत्पादन बृद्धिका लागि बहुरुपी जातको खेतीमा जोड दिनुपर्ने बताउनुभयो । जुम्लामै उत्पादन हुने विभिन्न जात मिसाई बहुरुपी जातको खेती गर्ने ।

बाली समहु उपसमुह बनाउने । बजारीकरण सहजका लागि बाली दर्ता प्रक्रिया शुरु गर्ने जस्ता कार्यमा लीवर्ड प्राविधिक सहयोग गर्ने छ । सबै जातको मिलाएर खेती गर्दा उत्पादन बृद्धि हुने नहुने निश्चित छैन् ।

लीवर्डका बाली प्रजनक न्यौपानलेले भन्नुभयो,“ जुम्लाको हावापानीमा बहुरुपी जातको खेती उपयुक्त हुने । लमजुङ्ग जिल्लामा पनि लीवर्डले सिमी र कागुनो बालीमा काम गर्दे आएको बाली प्रजनक न्यौपानलेले बताउनुभयो । ”

किसान भक्त बहादुर गिरीले लीवडकै सहयोगले लमजुङ्गमा लोप हुन थालेको कागुनो खेती विस्तार भएको छ । बजारमा माग बढेको, विभिन्न परिकार बनाएर पर्यटकलाई खुवाउने गरेको, अनुभव रहेको छ ।

गतवर्ष मात्रै २० मुरी कागुनो उत्पादन भएको किसान गिरीले बताउनुभयो । लमजुङकी किसान सानुमाया गुरुङले पनि लोप भएको कागुनोलाइ पकेट क्षेत्रकै रुपमा खेती गरेर उत्पादन गरेको छु । लम्जुङको कागुनोको खिर दुईवर्ष पहिले काठमान्डौमा भएको खाद्य मेलामा प्रथम भएपछि अझै कागुनो खेतीप्रति आर्कषित भएको बताउनुभयो ।

मार्सीको उत्पादन,भण्डार तथा खेती प्रक्रियाबारे पनि जुम्ली किसानले आफ्ना अनुभव लमजुङका किसानलाई सुनाएका थियो । स्थानीय तहमा ठोस कृषि नीति नहुनु,कृषिमा अप्रयाप्त बजेट,यूवा शक्ति पलायन हुनु लगायतका विभिन्न कारणले उत्पादन बृद्धि नभएको उल्लेख गरे ।

तर लीवर्ड एैरेनीको मार्सी फाँटमा मार्सीको अनुसन्धान गर्नथालेपछि उत्पादन बढ्ने थालेको छ । उत्पादन बृद्धिका लागि आगामी वर्ष हामी बहुरुपी जातको मार्सी खेती गर्ने सोचमा रहेको जुम्ली किसान बताउँछन् ।

प्रदेश सरकारले रैथाने बाली प्रर्बद्धन कार्यक्रम सञ्चालन गरेपनि त्यति प्रभावकारी हुन सकेको छैन् । तर किसान आफै रैथाने बाली सरंक्षणमा जागरुक भएका छन् ।

जुम्ली मार्सी,सिमि,चिनो कागुनो,कोदो फापर लगायतको रैथानीबालीको खेती,उत्पादन बृद्धि,संकलन बजारीकरण नीति निर्माणका लागि लीवर्ड संस्था स्थानीयतह देखि प्रदेश केन्द्र तहमा बहस गर्ने समेत लीवर्डका बाली प्रजनक श्रीप्रसाद न्यौपानेले बताउनुभयो ।

सो संस्थाले लमजुङ्गका किसानलाई जुम्लाको मार्सी धानको खेतीबारे कृषि भ्रमण गर्ने जुम्ला ल्याएको छ । सो संस्थाको परियोना अन्तरर्गत साझेदारी निकाय लीवर्ड,नेपाल कृषि अनुसन्धान परिषद् जीन वैंक,खुमलटार र वायोभर्सिटि ईन्टरनेशनलको संयुक्त साझेदारीमा संचालन परियोजना रहेको लीवर्डले जनाएको छ ।