भेरी अस्पताल नेपालगञ्जको मेसुमा डा.वीरेन्द्रबहादुर चन्द

बाँके ।  भेरी अस्पताल नेपालगञ्जको मेडिकल सुपरिटेन्डेन्टमा डा.वीरेन्द्रबहादुर चन्द नियुक्त हुनु भएको छ ।

अस्पतालमा यसअघि नै नेतृत्व सम्हालिसक्नु भएका चन्द रेडियोलोजिस्ट हुन् ।

अस्पतालको मेसुको दौडमा डा.पिताम्वर सुवेदी पनि हुनुहुन्थ्यो ।

सुवेदीलाई पछि पार्दै डा.चन्द अस्पतालको मेसुमा नियुक्ति भएको हो । यसअघि डा.प्रकाशबहादुर थापा दोस्रो कार्यकालका लागि मेसु हुनुहुन्थ्यो ।