पोखरामा बन्जी जम्प गर्न चाहने बाँकेका पत्रकारहरुलाई ५० प्रतिशत छुट

भर्खरै

बाँके । नेपाल पत्रकार महासंघ बाँके र पोखरास्थित बन्जी नेपाल एड्भेन्चर्स प्रालिबिच साहसिक बन्जी खेलका लागि बाँकेका पत्रकारलाई छुट दिने बिषयमा सम्झौता भएको छ ।

पर्यटन प्रबर्द्धनका लागि नेपालगन्ज आएका एड्भेन्चरका प्रमुख र महासंघ अध्यक्ष दामोदर भण्डारीबिच मंगलवार बन्जी खेल खेल्न इच्छुक पत्रकारलाई ५० % छुट दिने बिषयमा सम्झौता भएको हो ।

सम्झौता अनुसार पोखरा पुगेर बन्जी जम्प गर्न चाहने बाँकेमा क्रियाशिल पत्रकारहरुले पत्रकार महासंघ बाँकेबाट सिफारीस लिएर जानुपर्ने छ । सिफारीसका आधारमा संचारकर्मीहरुले तोकिएको मुल्यभन्दा आधा छुटमा बन्जी जम्प गर्न सक्ने छन ।

यो सम्झौताबाट कार्य ब्यस्थताकाबिच बिदा मनाउने क्रममा बन्जी खेल्न अभिरुचि राख्ने पत्रकारलाई सहयोग त पुग्ने नै छ साथै पर्यटन प्रबर्द्धनका लागि नेपालगन्ज-पोखराबिच सामिप्यता बढाउन भइरहेका प्रयासलाई प्रोत्साहन गर्ने महासंघले विश्वास लिएको छ ।