थपिए १ हजार ४७६ कोरोना संक्रमित, ९ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा १५ हजार ६ सय ९० परीक्षण गर्दा १ हजार ४७६ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा थप ९ जनाको कोरोनाका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या११ हजार ८१ पुगेको छ।

मन्त्रालयका अनुसार २० हजार २७८ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घन्टामा थप १ हजार ५५० जना कोरोना संक्रमणमुक्त भएका छन्।