प्रेस स्वतन्त्रता सेनानी स्व. वैश्यको स्मृतिमा कार्यक्रम गरिने

बाँके । प्रेस स्वतन्त्रता सेनानी स्व. श्रीरामगोपाल वैश्य स्मृति प्रतिष्ठान नेपालगञ्ज–७ ले शनिबार बिहान १० बजे भेला कार्यक्रमको आयोजना गर्ने भएको छ ।

प्रेस स्वतन्त्रता सेनानी स्व. श्रीरामगोपाल वैश्य स्मृति प्रतिष्ठान केही वर्ष अघि विधिवत दर्ता भई विभिन्न सामाजिक सेवा कार्य गर्दै आएको छ । यस प्रतिष्ठानको अध्यक्ष समाजसेवी नन्दलाल वैश्य रहेका छन् ।

अहिलेसम्म प्रतिष्ठानले विभिन्न रचनात्मक कार्य नियमित रुपमा गर्दै आएको छ ।