कोरोना संक्रमणका कारण बाँकेमा थप दुई जनाको मृत्यु

बाँके । कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप दुईजनाको मृत्यु भएको छ ।

नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा घोराही उपमहानगरपालिका–१० दाङ र अछामका एकएक जना पुरुषको मृत्यु भएको हो ।

भदौ १९ गते कोराना भाइरस संक्रमण पुष्टि भएका दाङका ६७ वर्षीय पुरुषको उपचारका क्रममा बिहीवार राती साढे ११ बजे मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए ।

यस्तै भदौ ३० गते कोरोना पुष्टि भई असोज २ गते भेरी अस्पतलमा भर्ना भएका अछामका २६ वर्षीय युवकाको शुक्रवार बिहान १० बजे मृत्यु भएको ओलीले बताए ।

योसँगै कोरोना संक्रमणबाट बाँकेमा ३३३ जनाको मृत्यु भएको छ भने उपचारका लागि अन्यत्र जिल्लाबाट बाँकेमा आएका ४१७ जनाको मृत्यु भएको छ ।