वडाअध्यक्ष मण्डेलको कुर्सीमा धामी चुरोट तान्दै

बझाङ । बझाङको छविसपाथिभेरा गाउँपालिका – ७ का वडाअध्यक्ष पदम मण्डेलको कुर्सी दुरुपयोग भएको पाहिएको छ ।

मण्डेलको वडा कार्यालयमा राखेको पदम मण्डेल वडाअध्यक्ष लेखेको नेमपेलेड अगाडी राखेर वडाअध्यक्षको कुर्सीमा बसेर चुरोट तानेको फोटो सार्वजनिक भएको छ ।

उक्त कुर्सीमा बसी चुरोट तान्ने सोहि गाउँपालिकाको वडानम्बर ७ घरभएका केशब धार्मी रहेका छन् । धामी नेकपा माओवादी केन्द्रका वडाकमिटी अध्यक्ष तथा सुर्मा आधारभुत विध्यालय बुडखोरीका अध्यक्ष समेत रहेका छन् ।

यता वडाअध्यक्ष पदम मण्डेलले आफु काम विशेषले बाहिर रहेको र वडा सदस्य जहरे धामीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले यस विषयमा धामीलाई के भएको हो ।

भनेर बुझ्न खोज्दा आफुलाई पनि थाहा नभएको बताएका छन् ।’ कार्यबाहक वडाअध्यक्ष जहरे धामीले आफुलाई त्यो विषयमा थाहा नभएको र वडा कार्यालय अन्तै सराएकाले सामान सराउने बेला कतै बसेको हुन सक्ने बताउनुभयो ।