राजनीति

नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

दुई दिनसम्म सञ्चालन हुने

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज (शुक्रबार) देखि सुरु हुँदै छ ।

दुई दिनसम्म सञ्चालन हुने बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनका लागि राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने तामाङले बताए ।

केन्द्रीय कमिटीको बैठकमा यसअघि एमाले स्थायी कमिटीको बैठकमा सदस्यहरुले राखेको सुझावसहितको मस्यौदा प्रतिवेदनमाथि छलफल हुने तामाङले जानकारी दिए ।

एमाले केन्द्रीय कमिटीको बैठकले विधानमहाधिवेशनमा लगिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तामाङले बताए ।