व्यङ्गय/ब्लग

‘हरिमाया भाउजु’ मिडियामा, ‘दुर्गामाया भाउजु’ले खोलिन् यस्तो रहस्य !

‘भौजु, नमस्कार !’
‘नमस्कार ! अन्त, भाइलाई चिन्नु सकिनँ नि !’

‘म मनोज गजुरेल बोल्दैछु भौजु, कमेडी च्याम्पियनको ।’
‘ल्या‘सर पो बोलेको रहेछ ! यहाँ विकीको बाबासँग बात मार्नु लो !’

‘एकछिन तपाईंसँगै बात मारौं न !’
‘ए, हुन्छ नि । जाती हुनुहुन्छ सर ?’

‘म जातीपाती मान्दिनँ नि भौजु !’
‘(हाँस्दै) निको आनन्दै हुनुहुन्छ भनेको के !’

‘आराम छु, आराम चाहान्छु भौजु । ‘विकीको बारेमा केही सोधौँ भनेर !’
‘अन्त, के पो भनौं हौ । मलाईभन्दा भाइहरुलाई ज्यादा थाहा भईसक्यो होला !’

‘सानोमा पनि विकी कस्तो थियो ?’
‘सानोमा त बच्चै थियो नि भाइ, अलिपछी मात्र ठूलो भएको हो (हाँसो) ।

‘(अट्टहाँसो) भनेपछी आमाको जीनबाटै कमेडी बोकेर ल्याएको रहेछ !’
‘कमेडी भन्दापनि उसले अनुहारचाहीँ मोबाट लिएजस्तो लाग्छ (हाँसो) ।’

‘साँच्ची, विकीले आफ्नो अनुहारकै बारेमा जोक्स गरेको थियो । वास्तविकता बताईदिनोस् न ।’
‘त्यसमा उसको केही गल्ती छैन । उसको बाबाचाहीँ अग्रवाल हो कि, अन्त मेरो माईतीचाहीँ थापा मगर हो ।’

‘ए, मिक्स जिनको कारणले पो त्यति टेलेन्ट भएको रहेछ नि ।’
‘अन्त, खै होला कि, म त धेरै बोल्नु जान्दिनँ है, लद्दु छु !’

‘लद्दु हैन, भौजु लड्डुजस्तै मीठो बोल्नुहुँदो रहेछ । सानोमा तपाईंपनि हँसाउनु हुन्थ्योजस्तो लाग्यो ।’
‘ल्या, अन्त हैन नि सर, बरु उसको बाउ, बडाबाउहरु नाटक गर्ने, गीत गाउने के के गरि बस्थ्यो ।’

‘एकपटक दजुसँग बात मारौँन त ।’
‘बूढो, अन्त यहाँ उ त्यो गुजरेल सर बात मार्ने रे !’
‘हलो सरजी, म कालुमान अग्रवाल बोलेको । जाती नै हुनुहुन्छ ?’

‘जाती नै छु दजु । अन्त विकीको बारेमा छोटो बात मारौं भनेर !’
‘ए, हुन्छ नि सर मारौँ ।’

‘छोरो त गज्जबको जन्माउनु भएछ नि !’
‘(हाँस्दै) उसको आमाले पो जन्माएको हो सर । मैले त सहयोग मात्र गरेको अन्त !’

(हाँसो) ‘विकी अग्रवाल किन ‘विकी थापा मगर’जस्तो देखियो ? यो मेरो प्रश्न मेरो हैन, बिकीकै जोक हो ।’
‘(हाँस्दै) मेरो बाबा अग्रवाल हो कि, अन्त मेरो आमाचाहीँ मगर नै हो क्या । विकी अग्रवाल त्यस्तो देखिनुमा हामी बुढाबुढी दुबैको कुनै दोष छैन सर (अट्टहाँस) ।’

‘ठट्टा गर्नु तपाईंसँग नसक्ने रहेछु, एक पटक भौजुलाई दिनु त !’
‘हजुर सर, म भौजु बोलेको । आबो कुरा सकियो होला नि !’

‘दुईटा कुरा सोध्नु बाँकी छ । आबो बिकीले के गरोस् भन्ने लागेको तपाईंहरुलाई ?’
‘अन्त, जे गर्छ राम्रो गर्छ भन्ने लाग्छ । नेपालले यतिधेरै माया दियो नि त । अगर केही गर्छ भने नेपालमै गरोस् भन्ने लागेको छ ।’

‘तपाईंहरुको चारजना छोराहरु रहेछ । सबैजना पढेको र काममा लागेको रहेछ । यसमा बाबाको बढि हात छ कि आमाको ?’
‘बाबा–आमा दुबैको । तर, आमाको सँगमा नानीहरु अलि बढी खुल्दो हुँदोरहेछ कि ।’

‘एउटा सन्तानलाई सफल बनाउन आमाको कस्तो योगदान हुनुपर्छ ?’
‘अन्त, जन्म त सबैले दिन्छ हो । तर, जन्माएको सन्तानलाई माया, संस्कार र शिक्षाको लागि एउटा आमाले धेरै दुःख गर्नुपर्छ । मेरो बिचारमा चाहीँ ‘जन्मदाता’ हुन सजिलो छ हो, तर ‘आमा’ बन्न धेरै त्याग र तपस्या गर्नुपर्छ ।’

‘अन्त, जोकजोकमै तपाईंले करोडको गम्भीर कुरा गर्नुभयो भौजु । अब अन्तिममा एउटा कुरा सोध्छु ल ?’
‘अन्त, के कुरा होला नि ?’

‘विकीले आफ्नो प्रस्तुतीमा प्रायः ‘हरिमाया भौजु’को धेरै नाम लिने गर्छ । खासमा को हो त्यो हरिमाया भौजु ?’
‘(लामो हाँसो) खै, मलाई त थाहा छैन, उसैलाई सोध्नु न !’

‘गाउँमा कोही ‘हरिमाया’ नामका भाउजू थिएकी ?’
‘आबो, ज्यादा गरेर बिकी होस्टेल बस्यो कि । त्यतैतिर थियो होला उसको हरिमाया भाउजू (हाँसो) हाम्रोमा त दुर्गामाया भौजुमात्र छ ।’

‘को हो त्यो ?’
‘त्यो मो नै हो । मेरो नाम दुर्गा हो के (लामो हाँसो) ।’

‘हस् त दुर्गा भाउजू, फेरि बात मारौँला ।’
‘हुन्छ भाइ, विकीलाई गाईड गर्दै गर्नुहोला । तपाईंहरुकै चेला हो ।’

‘चेला हैन, भतिज भन्नू न । मैले तपाईंहरुलाई दजु–भौजु मानेपछी विकी भतिज भएन त अन्त ।’
‘हो त अन्त । रमाइलो लाग्यो भाइ तपाईंसँग बात गरेर ।’

‘अन्त, मलाई झन् रमाईलो लाग्यो तपाईंसँग बात मारेर ।’
‘अहिलो राखुङ अन्त ?’

‘हुन्छ, गरौं अन्त । नमस्कार ।’

 

(गजुरियल डटकम)